हाम्रो सहयोगीको १७ औँ वार्षिकोत्सव विशेष रक्तदान: ५५ युनिट संकलन

बुधबार वृहत नि:शुल्क स्वास्थ्य शिविर हुँदै

पाेखरा | जेठ १९, २०८३

हाम्रो सहयोगीको १७ औँ वार्षिकोत्सव विशेष रक्तदान: ५५ युनिट संकलन

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । 

 

संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो ।

 

कार्यक्रममा संस्थाका शेयर सदस्य, संचालक, कर्मचारी, शुभेच्छुक तथा स्थानीय सर्वसाधारणले रक्तदान गरे ।

 

रगतको अभावमा कुनै पनि बिरामीले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आइरहेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

 

बुधबार वृहत नि:शुल्क स्वास्थ्य शिविर हुँदै

 

कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा समेत यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 

 

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यही जेठ २० गते हुने संस्थाको समापन समारोहमा वृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने बताए ।

 

सोही कार्यक्रमकैबीच बोल्दै संस्थाका व्यवस्थापक जिबन अधिकारीले सहकारीको वित्तीय अवस्था र सेवा प्रवाहबारे जानकारी दिए । 

 

उनका अनुसार संस्थामा हाल कुल ७ करोड ५० लाख रुपैयाँ शेयर पुँजी रहेको छ भने, १३४४ जना शेयर सदस्यहरू आबद्ध छन् । 

 

संस्थाले पोखरा महानगरपालिका ८ पृथ्वीचोक र पोखरा १४ चाउथेस्थित विपि मार्गबाट आफ्ना सदस्यहरूलाई सेवा दिँदै आइरहेको छ ।

 

सहकारी क्षेत्रको वर्तमान प्रतिकुल समयका बावजुद पनि संस्था नियमनकारी निकायको नियमनमा रहेको छ । 

 

संस्थाले आफ्ना वित्तीय तथा सामाजिक गतिविधिहरू नियमित रूपमा गरिरहेको र आगामी दिनमा सदस्यहरूको भावना अनुरूप अझ सुदृढ सेवा प्रवाह गर्न संस्थाका अध्यक्ष कृष्ण तिमिल्सिनाले प्रतिबद्धता जनाए ।

 

कृष्ण प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्रीजन श्रेष्ठले व्यक्त गरेका थिए भने, कार्यक्रम संचालन सचिव मनोज विश्वकर्माले गरेका थिए ।
 

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्